निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा हाजिर

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् ।
कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा अर्बौं रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालिन आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोमबार उनको विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बयान भएको छ बयानपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्ने छ ।






















