राजनीति

राष्ट्रियसभा बैठक सातादिनका लागि स्थगित

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो ।

सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।

अधिवेशन सुरु भए देखि नै एमालेको विरोध कायम रहेकाले बजेट भन्दा अन्य विषयमाथि छलफलको वातावरण बन्न नसकेकाले बैठक एक साता पर राखिएको राष्ट्रिय सभा सचिवालयको जवाफ छ ।

कमेन्टहरु