देश

रौतहटको बागमति नदिमा डुबेर १ जनाको मृत्यु , एक जना बेपता

नवलपुर टुडे
२०७८ अशोज ११ | बिहान ०६:०६ बजे

सिताराम साह

रौतहट । रौतहटमा अभिभावकको कमिको कारणले रौतहटका बिभिन्न नदि,पोखरीमा डुब्नेको क्रम बढदै गईरहेको छ । रौतहटको ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ भने अर्को एक बालक वेपता भएका छन ।

रौतहटको राजदेवी नगरपालिकाको वडा नं। ९ ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका बालकहरु पानीमा नुहाउन पसेपछि ४ जना मध्ये दुई बालक डुबन थाले पछि स्थानियले उद्धार गरेका थिए । नुहाउने क्रममा पानीमा डुबेर १० वर्षिय अवित रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोद घिमिरेले जनाएको छ । उनीसँगै नुहाउन गएका वर्ष १० कै चिन्टु पासवान बेपता भएको रौतहटका प्रहरी उपरिक्षक घिमिरेले बताए । वेपता रहेको बालकको खोजी कार्य भइरहेको उनले बताए । मृतक बालकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौरमा ल्याइएको उपरिक्षक घिमिरेले बताए ।

त्यसतै गत भदौ ३१ गते रौतहट जिल्लाको देवाहि गोनाहि नगरपालिका–७ स्थित निमार्णधिन स्थानिय वडा अध्यक्ष जगरनाथ मुखियाको पोखरिमा घुँगी टिप्ने गएको स्थानिय कटहरिया नगरपालिका–६ बस्ने रामकेवाल महतोको १० बर्षीय छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका –२ बस्ने जंग बहादुर पटेलको अन्दाजी १४ बर्षिय छोरी मुस्कान कुमारी पटेलको डुबेर मृत्यु भएको थियो । यस्ता घटना घटदा सबभन्दा बालबालिकाको अभिभावकहरुलाई चासो दिनु उचित रहेको रौतहट प्रहरीले आग्रह पनि गरेका छन ।

कमेन्टहरु