आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्थाप्रती एमालेको आपत्ति

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।
आइतबार सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती गरेर बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति जनाएको छ । यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत भएको एमालेको दाबी छ ।
बजेटमार्फत गरिएको यो प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्न सक्ने भन्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यसले कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ । यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं ।’






















