एमालेको केन्द्रीय समिति बैठक सकियो, १० बुँदे सहमति बारे स्थायी समितिले निर्णय गर्ने

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०५:०६ बजे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आइतबार टुंगिएको हो ।
बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बस्ने जानकारी गराएका हुन् । यसअघि उपाध्यक्ष भीम रावल लगायतले १० बुँदे कार्यान्वयनमा समस्या आएको भन्दै यसबारे केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बनाउन माग गरेका थिए ।






















