राजनीति

सात उपाध्यक्ष राख्नुपर्ने सुझाव सकारात्मक छ : एमाले अध्यक्ष ओली

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०५:०६ बजे

काठमाडौं । नेकपा एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा तयार गरिएको थियो ।

उक्त मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा भएको छलफलमा अधिकांश सदस्यहरुले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष केपी शर्मा ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर अघि बढाइने बताए ।

‘सात उपाध्यक्ष राख्नुपर्ने यो सुझाव धेरैको छ । यो सकारात्मक पनि छ, त्यसैले यो सुझाव ग्रहण गर्दै बैठकबाट अघि बढ्छ र विधान महाधिवेशनले निर्णय गर्छ,’ ओलीको भनाई छ ।

कमेन्टहरु