देश

एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०५:०६ बजे

काठमाडौं । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पताललाई कारबाही गरिएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग निर्धारित रकम भन्दा बढी लिएको पाइएपछि ३० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

सहायक प्रजिअ बस्नेतले भने ‘सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली आज अस्पताल पुगेको थियो । अनुगमनको क्रममा अस्पतालले एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइयो । बिरामीसँग बढी पैसा लिएको पाइएपछि अस्पताललाई कारबाही गरेका हौं ।’

अबदेखि तोकिएको दररेट भन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको उनले बताए । बस्नेतका अनुसार एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेको हो ।

कमेन्टहरु