शिक्षा

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर जापान पठाउन सरकारलाई निर्देशन दिएको छ ।

‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउनु पर्‍यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’

कमेन्टहरु