दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नतर्फ केन्द्रित हुनुपर्छ : केपी ओली

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नतर्फ आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् ।
विभिन्न दस्तावेजमाथिको छलफलपछि आइतबार केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई जवाफ दिने क्रममा ओलीले दलाल पुँजीलाई हतोत्साहित गर्ने आफ्नो पार्टीको नीति रहेको बताएका हुन् ।
‘हामीले दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्छ । दलाल पुँजीले राष्ट्रिय पुँजीलाई सहयोग गर्दैन, उत्पादन बृद्धि गर्दैन, जसले सानो मात्र रोजगारी गर्छ ठुलो सक्दैन । त्यसले राष्ट्रिय आयमा पनि बृद्धि गर्दैन’, ओलीको भनाइ छ ।
ओलीले देशको उत्पादन निर्यात बृद्धि गर्नतर्फ लाग्नुपर्ने भन्दै आत्मनिर्भरताका लागि प्रयास गर्ने बताए ।






















