देश

श्रीमतीलाई निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०२:०६ बजे

बाँके। श्रीमतीलाई निर्घात कुटपिट गरी हत्‍या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । न्यौपानेले आफ्नी श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रकाशमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु