देश

पाल्हिनन्दनमा नेपाली काङ्ग्रेसकाे नेता कण्डेल पक्ष विजय : खनाल पक्ष पराजित

नवलपुर टुडे
२०७८ अशोज १० | बिहान १०:०६ बजे

अनिल बनिया (बिनाेद निगम)

नवलपरासी । अग्रजलाई सम्मान युवालाई प्रोत्साहन; सबल र संगठित नेपाली काङ्ग्रेस हाम्रो अभियान भन्ने मूल नाराका साथ गरिएको उमेदवारी घोषणामा नेपाली काङ्ग्रेसको नेता कण्डेल पक्ष भारि मत हासिल गरि खनाल पक्षलाई पराजित गरेको छ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा काङ्ग्रेसकाे नेता मुन्ना कण्डेल पक्ष विजय भएको छ । गाउँकार्य समितिमा नेपाली कांग्रेसकाे कण्डेल पक्षका हरिहर चौहानको प्यानल विजयि भएको हाे । मिडियामा पटकपटक खनाल पक्ष बलियो भएको समाचार अाएकाे र त्यो समाचार मानिसहरूलाई भर्ममा परेको बताउदै हरियर चाैहानले अाफु खनाल पक्षको प्रतिस्पर्धी गुड्डु गुप्तालाई ५७ लाई पराजित गरेको बताए । साथै उहाँले कण्डेल पक्ष बलियो थियो र बलियो रहनेछ भन्ने दाबा समेत गर्नुभएको छ ।

प्रतिस्पर्धीलाई पराजित गर्दै कण्डेल पक्षका हरिहर चाैहान प्यानलका उपसभापतिका उमेदवार सादिया मुस्लमान, शिव कुमार रौनियार र सचिवम पदका उमेदवार जितेन्द्र गुप्ता,शैलेस यादव तथा सह सचिव पदका उमेदवार पन्नालाल केवट, राजकुमारी थारु चौधरी लगाएतले भारि मत प्राप्त गरि विजय हासिल गर्नुभएको हाे । प्रतिस्पर्धि गुड्डु गुप्ताले २० मत हासिल गरेर पराजित हुनुभएको थियो ।

कमेन्टहरु