देश

बुटवल उपमहानगरको सभापतिमा रामचन्द्र पौडेल पक्षका पाण्डे विजयी

जगत ठाडा मगर
२०७८ अशोज १० | बिहान १०:०६ बजे

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् । उनको प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् ।

यस्तै अन्य पदाधिकारीहरु पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् । उपसभापति ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका हुन् । सचिवमा गंगा पन्थी र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली र गणेश घिमिरे विजयी भएका छन् ।

पाण्डे यो सँगै लगातर तेस्रो कार्यकार्य सभापति पदमा विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा देवदह नगरपालिकाको सभापतिमा गुणाखर भुर्तेल १०३ मतसहित विजयी बनेका छन् । उनी पनि रामचन्द्र पौडेल पक्षका हुन्। उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका हुन् ।

पाण्डेको १ सय मत थियो । यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादव ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित बिजयी बनेका हुन् ।

कमेन्टहरु