कञ्चनपुरको ९ वटै स्थानीय तहमा काँग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न

नवलपुर टुडे
२०७८ अशोज १० | बिहान ०८:०६ बजे

कञ्चनपुर । कञ्चनपुरको ९ वटै स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लामा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँटा नगर समितिमा दानबहादुर ऐर र दोधाराचाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका बताइएको छ ।






















