देश

सर्वोच्च अदालतले नेकपा नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश जारी नगर्ने फैसला

नवलपुर टुडे
२०७७ कार्तिक २६ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । सर्वोच्च अदालतले नेकपा नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश जारी नगर्ने फैसला गरेको छ ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यो सँगै अब वामदेवलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न वा उनलाई मन्त्री बनाउन समेत बाटो खुला भएको छ ।

सरकारले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपति विद्या देवी भण्डारीले असोज १ गते गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

उक्त निर्णय असंवैधानिक भएको भन्दै मनोनय बदर गर्न माग गर्दै मुद्धा परेको थियो । गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित थिए ।

प्रतिनिधिसभामा पराजित व्यक्तिलाई त्यहि अवधिमा राष्ट्रिय सभामा मनोनित गर्नु संविधान विपरित भएको जिकिर गर्दै निवेदन परेको थियो ।

निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेकपालाई पनि विपक्षी बनाइएको थियो ।

कमेन्टहरु