राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा लोकप्रिय नेता चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ पुष्टि

नवलपुर टुडे
२०७७ कार्तिक २६ | मध्यान्ह ०५:०७ बजे

काठमाण्डाै । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा लोकप्रिय नेता चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । उहाँको अबस्था सामान्य रहेको जनाइएको छ ।
केसी एक महिना अगाडि देखि भैरहवामा हुनुहुन्थ्यो । त्यहाँ सामान्य रुगाखोकी देखिए पछि पी सी आर टेष्ट गरिएको थियो । अहिले उहाँलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । केसीले आफ्नो स्वास्थ्य अवस्था अहिले सुधार हुँदै आएको जानकारी दिनुभएको छ । हामी Nawalpurtody.com पनि उहाँको स्वास्थ्य लाभको कामना गर्दछौ ।


















