राजनीति

चाेइटियर गएकाहरुकाे पार्टीकाे नाम एकीकृत ? जुन गाेरुकाे सिङ छैन त्यसकाे नाम तिखे ? – विशाल भट्टराई

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०७:०६ बजे

काठमाडौं । खोटाङमा जिल्लाबाट काठमाडौमा विभिन्न पेशा व्यवसाय,अध्ययन,अध्यापन,राजनीति लगायत विभिन्न अरु विधाहरुमा जोडिएर रहदै आएका नेकपा (एमाले) समर्थक नेता कार्यकर्ताको भेला आज काठमाडौंमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेकपा(एमाले)लाई माया गर्ने खोटाङ जिल्लाका उल्लेख्य व्यक्तिहरुको सहभागिता रहेको थियो। उक्त भेलामा प्रमुख अतिथिका रुपमा पार्टिका प्रमुख सचेतक एवं खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विशाल भट्टराई रहेका थिए । उक्त अवसरमा खोटाङ जिल्ला घर भै हाल काठमाडौंमा बसोबास गर्दै आएका एक दर्जनले पार्टि प्रवेश गरेका छ ।

केही हप्ता अघिमात्र जिल्लामा पनि उल्लेख्य मात्रामा पार्टी प्रवेस गराएर काठमाडौं फर्किएका सांसद भट्टराईले काठमाडौंमै रहदापनी आफ्ना जिल्लावासी जो कोहिलाई एमालेप्रती आकर्षित गराउनुले जिल्लामा उहाँको लोकप्रियता र इमान्दारिता स्पस्ट झल्काएको छ । चाेइटियर गएकाहरुकाे पार्टीकाे नाम एकीकृत? जुन गाेरुकाे सिङ छैन त्यसकाे नाम तिखे ?? भन्दै पार्टी बाट अलग भएका नेपालाई छेँड हान्दै भट्टराईले भने आउदाे चुनावमा नेपालकाे कुरामा लागेर एमाले छाेडेका जिल्लाका २/४ जनाले जमानत बचाउन सक्दैन।

कार्यक्रमकै सिलसिलामा उनले थपे,समय र अवधिलाई कुर्न नसक्ने धैर्यतार्हास ब्यक्तिहरु पार्टी छाेडेर हिँडेका हुन् , उनिहरु निस्कँदैमा एमाले कमजाेर हैन पार्टी भित्र रहँन लाएक नभएकाहरु प्रचण्ड र देउवाकाे पछि लागेर गएका हुन ।

कमेन्टहरु