समाज

नागरिक मञ्च जनताको समस्यालाई उजागर गर्दै, आए सडक आन्दोलनमा

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०६:०६ बजे

विनोद मण्डल
सिरहा । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति गोविन्दपुर बस्तीपुर हाल लाहान नगरपालिका वडा नं २४ मा पर्ने सर्रे खोलाबाट अवैध उत्खनन गरी गिट्टी, बालुवा, ढुङ्गा, भरोट लगायतका नदीजन्य पदार्थको ढुवानी जारी रहेको अवस्थामा स्थानियलाई बाटोमा आवतजावत गर्न असहज भएपछि ढुवानी गर्ने साधनहरू ट्र्याक्टर र टिफर बाटोमा लोड लिएर हिडने गर्नाले बाटोमा खाल्डो र जाताततै पानी जम्ने समस्या आएपछि स्थानिय नेता शितल शाहको नेतृत्वमा स्थानीयले बाटोमा ढाट लगाएर दुवानी सेवा बन्द गराएका छन् ।
photo 2021 09 25 19 44 05

नगरपालिकाले नलहनमा भन्ने ठाउँमा अवैध रूपमा ढुवानी गरेबापत रकम गाडीबाट असुले पनि लहान नगरपालिकाको मेयर मुनि शाह र वडा अध्यक्ष कमल देव यादवलाई बाटो मर्मतको लागि पटक पटक ध्यान आकर्षण गराउँदा पनि वास्ता नगरेपछि आफूहरु एक हप्ता देखि बाटो अवरुद्ध गरी बाटो मर्मतको मागलाई अगाडि सारेको अर्का नेता बलीराम यादवले बताउनु भएको छ ।

वडाअध्यक्ष कमल देव यादवलाई बारम्बार बाटो मर्मत गर्न आग्रह गरिएपनि सरोकारवाला निकायबाट कुनै पहल नभएपछि नागरिक मञ्चले एक साता अगाडि मेयर, वडा अध्यक्ष र ईलाका प्रशासन कार्यालय लगायत सम्बन्धित निकायलाई ध्यान आकर्षण गराएका थिए ।

जीर्ण बाटो निर्माण नहुँदासम्म खोलाबाट कुनै किसिमको उत्खनन हुन् नदिने नागरिक मञ्चले जनाएको छ । हुनत वर्षेनी नगरपालिकाले दुवानीबाट लाखौं आम्दानी गरेपनि बाटो मर्मत गर्न नचाहेपछि विवस भएर ढाट लगाएर ढुवानीमा रोक लगाएको स्थानियको भनाई रहेको छ ।
photo 2021 09 25 19 44 04

बर्षौ देखि लहान- २४ मा बाटोको लागि बजेट निकासा कागजमा देखिएता पनि व्यवहारमा त्यसो नदेखिएको स्थानियको जनगुनासो रहिआएको पाइन्छ ।

कमेन्टहरु