प्रधानमन्त्री र जलवायु सम्मेलनका दूत फ्लार्टीबीच भेटवार्ता

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०२:०६ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) का दूत केन ओ फ्लार्टीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र फ्लार्टीबीच कोप–२६ मा नेपालको सहभागीताको तयारी तथा नेपाल–बेलायतको सम्बन्धका विषयमा छलफल भएको देउवाले ट्विटर मार्फत जानकारी दिएका छन् ।
छलफलका क्रममा देउवाले कार्बन उत्सर्जन कम गर्ने नेपालको प्रतिबद्धता दोहोर्याउँदै थप महत्वाकांक्षी लक्ष्यका साथ काम गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।
बेलायतको ग्लास्गोमा आयोजना हुन लागेको सम्मेलनको तयारीका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन् ।






















