राजनीति

काँग्रेसको महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०२:०६ बजे

कपिलवस्तु । नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए ।

त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले बताए दिए । हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सचिवमा दुई बर्ष देखि सक्रिय सहभागिताका साथ रहनु भएका उहां अब नगर सभापतिमा आउने गरी तयारी गरिरहेको बताए l

विगत डेढ दशक देखि सामाजिक अभियन्ताका रूपमा रहनु भएका तिवारी कर्मठ, जुझारू, इमानदार, संघर्षशील युवा नेताको रूपमा परिचत छन । वहाँ पार्टीको हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् l

वहाँलाई पत्रकारले ‘तपाईंको उमेदवारी किन’ भन्ने प्रश्नमा तिवारीले व्यक्तित्व विकासका साथ युवाहरुलाई व्यवसाय उन्मुख गराउन र पार्टी संगठनलाई बलियो बनाई, मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्गको हकहितमा काम गरि नगरमा काँग्रेसको बलियो उपस्थिति स्थापित गर्न आफूले सभापतिमा उमेदवारी दिन लागेको बताए । साथै उहाँले क्षेत्रीय प्रतिनिधिहरूलाई समर्थन र सहयोग गर्न समेत अनुरोध गरेका छन् l

कमेन्टहरु