साढे २ महिनामा २ कराेड ४९ लाख राजस्व दाखिला र १० फरार अभियुक्त पक्र


नन्दु यादव
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २०७८/३/१३ देखि २०७८/५/२९ गतेसम्ममा साढे २ महिनामा २ कराेड ४९ लाख ४५ हजार २ सय ११ रुपैया बराबरको राजस्व दाखिला गरेकाे छ भने १० जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयाे ।
जसमा २ कराेड १३ लाख २९ हजार ४ सय ११ रुपैया बराबरकाे हरियाे मटर, कपडा, ईलेक्ट्रानिक सामान, साधनका पार्टपुर्जा चिनि लगायतकाे सामानहरु भन्सार तथा राजस्व बिभागमा बुझाईएकाे छ । त्यसैगरी ३२ लाख ९० हजार स्राेत नखुलेका नगद सहितका २ जना ब्यक्तिलाई राजस्व कार्यालय पठाईएकाे बताईएकाे छ ।अबैध खाेलामा उत्खनन गरिरहेका १५ वटा ट्रेक्टर र २ वटा जेसिबिलाई नियन्त्रण लिई ३ लाख ५ हजार बराबरकाे राजस्व संकलन भएकाे र अबैध काठबाट २० हजार ८ सय मूल्य राजस्व दाखिला गरिएकाे बताईएकाे छ । यसैगरी ७ वटा लागुऔषध मुद्दा दर्ता गरिएकाे छ ।
२०७८/३/१३गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा भई आउनु भएका प्रहरी प्रमुख मनाेज कुमार यादवले निकै सक्रियताका साथ कामकाजलाई निरन्तरता दिदै आउनु भएकाे छ । जिल्लामा आउदा आमनागरिकहरुलाई शान्ति सुरक्षामा कटिबद्ध रहेका प्रमुख यादवले तस्करहरुलाई भने तह लगाउनु भएकाे छ । वहाँ आएदेखि जिल्लामा तस्करीमा कमि आएकाे छ ।






















