देश

धमाधम निर्माण हुँदै नागढुंगा सुरुङ मार्ग

जगत ठाडा मगर
२०७७ कार्तिक २६ | बिहान ०९:०७ बजे

सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो ।

निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ ।

आयोजना निर्माणका लागि वर्ष दिनअघि नै शिलान्यास गरिएको थियो । मुआब्जालगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञालगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो ।

काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हाज्मा÷एन्डो जेभीले पाएको छ ।

कमेन्टहरु