बिगु गाउँपालिका ८ का वडा अध्यक्षको मनपरी बिकास तन्त्र


हेमन्त दाहाल
दोलखा । दोलखा जिल्लाको बिगु गाउँपालिका – ८ वडाबाट नेपाली कांग्रेसबाट निर्बाचित वडाअध्यक्ष खेम बिक्रम खड्काले स्थानिय बिकासमा ०७८/७९ को लागि आएको बजेटमा आफुतन्त्र बिनियोजन गरेको पाईएको छ । गाउँपालिकाका ८ नम्बर वडामा आएको बजेट्मा स्थानिय संग सल्लाह नगरी आफू खुशी बजेट बिनियोजन गरेको खुलेको हो ।
उनले अनावश्यक स्थानमा विभिन्न योजना बनाएर राज्यको ढुकुटी रित्त्ताउने गरेको आरोप स्थानीयको छ । उनले कृषि भवन र खेलकुद मैदान जनतालाई पायक पर्ने स्थानमा नभैई अन्यत्र बनाएको आरोप लगाएको छ । स्थानीयले राज्यबाट आएको बजेट हजुर बाजेको सम्पती जस्तै आफू खुशी योजना बनाएर बाड्फाट गरेको आरोप लगाएको छ ।
उनिमाथी राजनीतिको आडमा कुनैपनि उपभोक्ताको समिती गठन नगरी आफु खुशी डोजर ल्याएर आफ्नो चुनाबी क्षेत्रमा मात्र बिकास निर्माणमा जोड दिएको आरोप छ । उनले कुनै स्थानमा खाने पानी हाहाकार छ । खानेपानी भएको स्थानमा दोहोर्याएर खानेपानीको बजेट पारेको आरोप लगाएको छ ।
त्यस्तै उनले एउटै ब्यक्तिलाई आफुखुशी योजना बनाएर आफ्नो मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको र प्रधानमन्त्री रोजगार योजनामा एउटै परिवारको तीन/तीन जनालाई रोजगारी दिएको आरोप स्थानीयले लगाएको छ । यस बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारले बेलैमा सचेत गराउनु पर्ने स्थानियको माग रहेको छ ।






















