अरिङ्गालको टोकाइबाट दैलेखमा एक जनाको मृत्यु

नवलपुर टुडे
२०७८ अशोज ९ | बिहान ०८:०६ बजे

दैलेख । दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । जिल्लाको ठाँटीकाँध -५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।
देवबहादुर बिहीबार बिद्यालयमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोकेर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।
सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरी रहेको थियो । उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।






















