तोरण बस्नेत र अशिम कुमारको दशैं गितले परदेशीको रुवाबासी (हेर्नुस् भिडियो सहित)


काठमाडौ । सांगीतिक क्षेत्रमा संगीतको बजारमा आउने पछील्लो समय होडबाजी चलिरहेको छ यसको कारण हो अहिले नेपालीहरुको महान पर्व दशै तिहार मुखैमा आइरहेको छ दशैं तिहारलाई केन्द्रबिन्दु बनाएर हरेक विधामा एक पछि अर्को गीत बजारमा सार्वजनिक हुँदै आएको छ।
कति गितले बजारमा चर्चा पाउँछ भने कति आयो गयो भने जस्तै भएको छ पछिल्लो समय डिजिटल युट्युबको मार्केट हुना पनि कलाकारले कमाउने बाटो भनेको मात्रै युट्युब रहेको छ स्टेज कार्यक्रम देश बिदेश जाने क्रम कोरोनाले गर्दा ठप्पै बनाएको छ ।
यस्तै एउटा गित हालसालै मात्र बजारमा आएको छ ए आमा बोलको गित बजारमा सार्वजनिक भएको छ परदेशमा रहेका नेपालीहरुको मन छुने बनेर आएको छ । चाडपर्व आउदा परदेशबाट आफ्नो घर देशलाई कसले भुल्न सक्छ र हो यस्तै कथामा आधारित रहेको छ।
जसमा शम्भु नेपालले शब्द सिर्जना गरेका छन् भने तोरण बस्नेतको थेगो अशिम कुमार कटुवालको लय रहेकाे छ भने अशिम कुमार कटुवाल र सरिता श्रेष्ठको आवाजमा रहेको छ । संगीत संयोजन राम कृष्ण थापाले गरेका छन्।
उक्त गीतको म्युजिक भिडियोमा छायांकन मरुभुमि नारायणले गरेका छन् भने सम्पादन संगित बानियाँ र निर्देशन राज प्रकाश तमाङ र निरेन श्रेष्ठले गरेका छन् भने अभिनय लोकप्रिय कलाकार रश्मि भट्ट, मनोज कार्की, नमुना दाहाल र सुर्य श्रेष्ठको रहेको छ ।
भिडियो हेर्न लिङ्क क्लिक गर्नु होला ।






















