देश

पाल्हिनन्दनमा ८६८ जना अति विपन्न घरपरिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

जगत ठाडा मगर
२०७८ अशोज ८ | मध्यान्ह ०८:०६ बजे

सुरेश यादव
नवलपरासी/असाेज ८ । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले पालिका भित्रका ८६८ जना अति विपन्न घरपरिवारलाई ७० प्रतिसत अनुदानमा ग्यास सिलिन्डर र चुल्हो वितरण भएकाे छ ।
photo 2021 09 24 20 53 12

काठदाउराले खाना पकाउँदा धुवा हुने गरेकाले त्यसबाट स्वास्थ्यमा समस्या हुने भएकाेले ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएकाे गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले जानकारी दिनुभयाे ।

गाउँपालिकाले अति विपन्न परिवारलाई पहिलो प्रथामिक्ता दिएकाे र फेरि केही दिनमै गाउँपालिका भित्रका सबै घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो पनि वितरण गर्ने गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयाे ।
photo 2021 09 24 20 53 09

पालिकाका अति विपन्न घरपरिवारले आफुहरुलाई ७० प्रतिशतमा ग्यास सिलिन्डर तथा चुल्हो वितर
ण गरेकाेले धेरै उत्साहित र खुशी भएका छन् । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक), प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतम, गाउँपालिकाका सम्पुर्ण कर्मचारी लगाएकाे उपस्थिति रहेकाे थियाे ।

कमेन्टहरु