दिल्लीलाई ५ विकेटले हराउँदै आईपीएलको उपाधि मुम्बईलाई

जगत ठाडा मगर
२०७७ कार्तिक २६ | बिहान ०९:०७ बजे

मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो ।
मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।
सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो ।























