कांग्रेसको पालिका महाधिवेशन शनिबार ६४ जिल्लामा हुने

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

काठमाडौ । शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६४ जिल्लामा गाउँपालिका, नगरपालिका अधिवेशन हुने भएको छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार पालिका अधिवेशन हुने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकको निर्णयअनुसार भोलि ६४ जिल्लाको पालिका अधिवेशन सुरु हुने जानकारी दिए ।
बाँकी १३ जिल्लाको वडा तहको अधिवेशन नभएका कारण ती जिल्लाको पालिका अधिवेशन भने अनिश्चित बनेको छ । प्रवक्ता शर्माले ती जिल्लाको क्रियाशील विवाद शनिबार भित्र टुंग्याएर वडा अधिवेशनको मिति तय गरिने जानकारी दिए ।
कांग्रेस पदाधिकारी बैठकले २१ हिमाली जिल्लाको जिल्ला अधिवेशन दसैं अगाबै सक्ने र बाँकीको दसैँ पछाडि सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र इतरपक्षबीच मतभेदको अवस्था रहेको छ ।






















