कांग्रेस नेता आलमविरुद्ध मुद्दा हेर्न नमिल्नेमा

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दा हेर्न नमिल्ने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासमा शुक्रबार पेसी तोकिएको थियो । रौतहटको राजापुरमा बम विस्फोट हुँदा घाइते भएकालाई ज्यूँदै लगेर इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलाममाथि छ ।
२०७० सालको निर्वाचन बेला १७ जना मजदुरलाई इँटा भट्टामा राखेर मारेको अभियोग लागेका नेता आलमविरुद्ध मुद्दाको सुनुवाइ पटकपटक सर्दै आएको छ।






















