राजनीति

कांग्रेस पदाधिकारी बैठकको निर्णयप्रति शेखर कोइरालाको आपत्ति

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०५:०६ बजे

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पदाधिकारी बैठककको निर्णयमाथि प्रश्न उठाएका छन। सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया दिँदै उनले पदाधिकारी बैठकको निर्णयमाथि प्रश्न उठाएका हुन । पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका २१ हिमाली जिल्लामा दसै अगाबै जिल्ला अधिवेशन सक्ने र अरु जिल्लामा पछाडि सार्ने निर्णय गरेको थियो। ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो?’ उनको प्रश्न छ,‘सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ?’

उनले महाधिवेशनबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकलाई नभएको बताएका छन। ‘अर्कोतर्फ पदाधिकारीबैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ। महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो?’ उनले भनेका छन। पदाधिकारी र पुर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन भन्ने आशंका समेत उनले व्यक्त गरेका छन्। उनले पदाधिकारी बैठकको निर्णय सच्याउन माग समेत गरेका छन्।

साथै क्रियाशील विवाद समाधानमा भइरहको ढिलाईलाई समेत उनले शंका गरेका छन। ‘क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन सुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो।’ उनले भनेका छन ।

कमेन्टहरु