१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०१:०६ बजे

धनगढी । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
असोज ५ गते बलात्कार गरी भागेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।






















