देश

आगामी निर्वाचनमा प्रचण्डसँग प्रतिस्पर्धा गर्न तयार छु : बादल

जगत ठाडा मगर
२०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

काठमाडौ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार चितवनमा भएको पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् । दुवै नेताका गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिडन्त हुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो ।

‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’ बादलले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलायन भएको बताए ।

नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थी र लोकतन्त्र विरोधी पक्षमा लागेकोसमेत नेता बादलको आरोप छ ।

कमेन्टहरु