देश

ठमेलको विहानी होटेलमा एक जर्मन नागरिक मृत फेला

जगत ठाडा मगर
२०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

काठमाडौं । ठमेलको होटलमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएका जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेको खुलेको छ ।

ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए । उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ ।

मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ । सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु