देश

पाल्पाको बग्नासकालीमा एक पुरुषको शव फेला

जगत ठाडा मगर
२०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

पाल्पा । पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।

आफ्नै घरदेखि करिब ५ सय मिटर गोरेटो बाटोमा भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

कमेन्टहरु