देश

सीमा नाकामा आवत जावत तिब्र महामारी बढ्ने सम्भावना प्रवल

जगत ठाडा मगर
२०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

विनोद मण्डल
नेपाल भारत सीमा बोर्डरमा आवत जावतमा सहजता भएपछि कोरोना संक्रमण बढ्ने सम्भावना बढेको हो । लामो समयसम्म बोर्डर बन्द हुँदा र कोरोना कहरको कारण सरकारले अपनाएको साधनको सही सदुपयोग नहुँदा प्रदेश न २ मा कोरोना संक्रमण बढ्ने प्रवल सम्भावना रहेको छ ।

नेपाल भारत सीमा नाका खुलेसँगै प्रदेश २ को वीरगन्ज, जलेश्वर, माडर लगायतका नाकाबाट प्रत्येक दिन हजारौं मानिसको आगवन बढेपछि कोरोना बढ्न सक्ने आँकलन गरिएको छ । कोरोना संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी शहर जनकपुरस्थित सीमावर्ती क्षेत्र जटही नाकाबाट भारतीय मूलका मानिसहरू दर्शनालु र तीर्थालुको रूपमा जानकी मन्दिर परिसरमा आउने भएकोले जोखिममा पर्न सक्ने आँकलन गरिएको हो।

प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले भारतबाट बिना चेक जाँच भारतीय नेपाल आवागनले कोरोना महामारी बढ्ने बताउनु भएको छ । हुन त, सरकारले दशैं तिहारलाई मध्यनजर राख्दै सीमा नाका खोल्न उचित मानिएतापनि सीमा नाकामा निरन्तर चेक जाँच गर्ने वातावरण मिलाउनु आजको आवश्यकता महसुस गरिएको छ ।

कमेन्टहरु