नेपाल सशस्त्र प्रहरी बलका ११ डिआइजीको सरुवा


काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा भएको छ । बिहीबार गृह मन्त्रालयले डिआइजी काज सरुवा निकालेको हो ।
स्रोत अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए । यस्तै राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । अर्याल ९ नम्बर पशुपतिनाथ मुख्यालयमा, काठमाडौंमा कार्यरत थिए ।
त्यसैगरी नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्यालय काठमाडौंमा सुरुवा भएको छ । ई. किशोर प्रधानको नेपाल नं. ३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएको छ ।
यस्तै कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।






















