देश

सामाजिक सेवामा सक्रिय बन्दै प्रभावशाली बचत समुह

नवलपुर टुडे
२०७८ अशोज ८ | बिहान ०८:०६ बजे

विनोद मण्डल
नवलपरासी । नवलपरासीको युवाहरुको एक समुह सामाजिक कार्यमा सक्रिय बन्दै योगदानकर्ता भएर काम गर्न थालेका छन् ।

समाजका दुःखलाई नजिकबाट नियाल्दै अाम मानिसको सहारा बन्दै प्रभावशाली बचत समुहले विगतको कोरोना संक्रमण बढिरहेको अवस्थामा र अविरल वर्षाका कारण अाम जीवन कष्टमय बनेको अवस्थामा आफ्ना अभियान अन्तर्गत विभिन्न राहत सामग्री सहित जनताको घर आगनमा पुगेर आफ्नो प्रभाव देखाउँदै अघि बढिरहेका छन् ।

जिल्लाका हरेक समस्यालाई नियालेर समाधानको उपायतिर लागिरहेका समुहले प्रतापपुर गाउँपालिका वडा नं ८ का सहामुदिन अन्सारीलाई आर्थिक सहयोग प्रदान गरेको छ । बिरामी गौतम बुद्ध सामुदायिक अस्पतालमा उपचाररत रहेको निजको श्रीमतीलाई उपचारमा सहयोग होस भन्ने हेतुले १००००/-(अक्षेरुपी दश हजार)सहयोग गरेको संयोजक दिनेश यादवले बताएका छन् ।

युवाहरुको सक्रिय भूमिकाका कारण प्रभावशाली बचत समुह निरन्तर सहयोग गर्न तयार रहेको लुम्बिनी प्रदेश न्यूजका सञ्चालक राजु प्रसाद यादवले बताए ।

कमेन्टहरु