काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्यो, ३ जना बेपत्ता

नवलपुर टुडे
२०७८ अशोज ८ | बिहान ०८:०६ बजे

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ ।
कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताए । गएराती ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङ भन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो ।
कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको एसपी अधिकारीले बताए ।






















