देश

ज्ञानदा एकेडेमीद्धारा संविधान दिवसको उपलक्ष्यमा अन्तर विद्यालय बास्केट बल टुर्नामेन्टको सम्पन्न

नवलपुर टुडे
२०७८ अशोज ७ | मध्यान्ह ०८:०६ बजे

पर्सा । आइतवार छैठौँ संविधान दिवसको अवसर पारेर ज्ञानदा एकेडमीले अन्तर विद्यालय संविधान कप बास्केट बल टुर्नामेन्टको आयोजना गरेको थियो । पाँच चरणमा सम्पन्न हुने उक्त टुर्नामेन्ट कार्यक्रम सभापतित्व विद्यालयकै प्रधानाध्यापक डा. सि. बी. जदली ज्यूलेगर्नुभएको थियो भने कार्यक्रमका मुख्य अतिथि प्याब्सन पर्साका नव निर्वाचित नगर अध्यक्ष श्री आलोक कुमार चौरसिया हुनुहुन्थ्यो ।
photo 2021 09 23 20 58 05

त्यस्तै सम्माननीय अतिथि प्याब्सन पर्साका नव निर्वाचित नगर सचिव श्री सन्नी पाख्रीन तथा अतिथिहरुमा अन्य विद्यालयका प्र.अ. हरुको पनि सहभागिता रहेको थियो । राष्ट्रिय गानबाट शुभारम्भ भएको कार्यक्रममा मुख्य अतिथि तथा अन्य अतिथिहरुबाट पानसमा दीप प्रज्ज्वलीत गरि कार्यक्रमको विधिवत शुरुवात गरियो । ज्ञानदा एकेडमीका प्र.अ. डा सि.बी.जदली ज्यूले मुख्य अतिथि तथा अन्य अतिथिहरुलाई खादा तथा टिका लगाई कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रमको स्वागतमा डा. जदली ज्यूले सामूहिक कार्यद्वारा एउटा साझा दृष्टिकोण राखेर गरेको कार्यले सफलता मिलने र आजको सन्दर्भमा खेलकुद जीवनको एउटा अभिन्न अङ्ग भएको र अनुशासन तथा स्वस्थ्य जीवनयापनको लागि खेलकुदले थप उर्जा प्रदान गर्ने र यो कार्यक्रम हरेक वर्ष हुने कुरालाई पनि व्यक्त गर्नुभयो ।

सहभागि विद्यालयहरुमा प्रथम चरण अन्र्तगत : ज्ञानदा एकेडमी र दुर्गा मा. वि. बीच भएको खेलमा ज्ञानदाले १५ अकं र दुर्गा मा. वि. ले १२ अकं प्राप्त गरेका थिए । जस मध्ये ज्ञानदा प्रथम चरणमा विजय भएको थियो भने ज्ञानदा एकेडमीका केशव अग्रवाल म्यान अफ दी म्याच घोषित भएका थिए । अर्को खेल श्री ३ चन्द्र मा. वि. र ब्राइटलैण्ड मा. वि. बीच भएको थियो जस मध्ये ब्राइटलेण्डले १४ अकं र श्री ३ चन्द्र मा. वि.ले १७ अकं ल्याएका थिए जसमा श्री ३ चन्द्र मा.वि. विजय हुन सफल भएको थियो र म्यान अफ दी म्याच श्री ३ मा. वि. का विज्ञान गिरी हुन सफल भएका थिए ।

६ गतेका दिन फानल खेल सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगंज कारागारका जेलर (सचीव) श्री कृष्ण गैह्रे ज्यू हुनुहुन्थ्यो । उक्त खेलमा ग्यालेक्सी पबलीक स्कुल र आयोजक टीम ज्ञानदा एकेडमीका बीच भएको प्रतिस्पर्र्धमा पबलीक स्कुलले २६ अंक ल्याई प्रथम स्थान प्राप्त गरेको थियो भने ज्ञानदा एकेडमीले १७ अंक ल्याई दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो । विजयी खेलाडीहरुलाई विद्यालयका प्रअ डा सि.बी.जदली र प्रमुख अतिथि गैह्रे ज्यूले पुरस्कार वितरण तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कमेन्टहरु