देश

एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट बजेटसम्बन्धी २ विधेयक पारित

नवलपुर टुडे
२०७८ अशोज ७ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ । बिहीबार बैठक सुरुवातमै सदा झैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए ।

सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले यी दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोजको ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कमेन्टहरु