यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न सक्दैनौं : एकीकृत समाजवादी

जगत ठाडा मगर
२०७८ अशोज ७ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ ।
आज(बिहीबार) बसेको केन्द्रिय कमितिको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर मात्रै राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।






















