देश

सटर फुटाएर मोवाइल चोरी गरेको आरोपमा बर्दियाबाट २ जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ७ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । बर्दियाबाट प्रहरीले सटर फुटाएर मोवाइल चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगरका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

असोज ६ गते राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाटपत्ता लगाएको छ । मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ थियो ।

चोरीमा संलग्न मुसा कुरेसीलाई भने बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले चारवटा मोवाइल बरामद गरेको छ ।

कमेन्टहरु