देश

राजगढ गाउँपालिकामा फरवार्ड नेपालद्वारा ३१० घर परिवारलाई राहत सामग्री वितरण

जगत ठाडा मगर
२०७८ अशोज ७ | मध्यान्ह ०१:०६ बजे

सप्तरी, ०७ असोज । फरवार्ड नेपालद्वारा सप्तरीको राजगढ गाउँपालिकामा राहत सामग्री वितरण गरेका छन् । बि एम जेड÷डब्लु एच एच तथा फरवार्ड नेपालको सहकार्यमा संचालित ‘पोषणयुक्त नमूना गाउँ परियोजना’ कार्यक्रम अन्तर्गत सो राहत वितरण कार्यक्रम संचालन गरेको हो ।
photo 2021 09 23 13 30 02

राजगढ गाउँपालिकाको समन्वय र फरवार्ड नेपालको सहयोगमा बुधबारदेखि राजगढ गाउँपालिकाको वडा नम्वर ५ मलेकपुरबाट राहत सामग्री वितरण सुरु गरिएको छ । राहत वितरण कार्यक्रममा गरिब तथा विपन्न ८० जना, गर्भवती १०४ जना, सुत्केरी ५५ जना तथा कुपोषित वालवालिका ७१ जना गरि ३१० घर परिवारलाई राहत सामग्री वितरण गरेको फरवार्ड नेपालको पैरवी अधिकृत टंक प्रसाद आचार्यले बताए ।

गरीब विपन्न परिवार, गर्भवती तथा सुत्केरी महिलालाई चामल ३० किलो, दाल २ किलो, तेल २ लिटर, नुन २ किलो, चिनी २ किलो, आलु ५ किलो, घ्यू २५० ग्राम, साबुन ५÷५ वटा, वाल्टिन १ वटा लगायत अन्य सामग्री वितरण गरेको साथै कुपोषित वालवालिकाको लागि अण्डा १ केरेट, सर्वोतम पिठो ३ प्याकेट लगायतका सामग्री वितरण गरेको आयोजक संस्थाले जनाएको छ ।
यसैगरी गाउँपालिकाको ६ वटै वडामा राहत वितरण कार्यक्रम रहेको परियोजना संयोजक अर्चना गुप्ताले बताइन् ।
photo 2021 09 23 13 30 04

सो कार्यक्रममा राजगढ गाउँपालिकाको अध्यक्ष प्रमानन्द यादव, स्वास्थ्य संयोजक रामचन्द्र यादव, वडा सदस्यहरु निभा कुमारी राम, राजेन्द्र प्रसाद साह, बचकुन मंडल र राजो देवी सरदार लगायतका व्यक्तिहरुको उपस्थिति रहेका थियो ।

कमेन्टहरु