साउदी अरबको ९१ औं नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र अल्कुफीद्वारा शुभकामना व्यक्त


कपिलवस्तु । साउदी अरब देशको ९१ औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको छ।
भिजन २०३० ले देशमा अझै सुख शांति र समृद्धिका साथै विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने आशा बोकेको छ। र यो भिजन २०३० को प्रसंशा गर्दै सफल र सुखद रहोस कामनाका साथ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले अग्रिम बधाईका साथ हार्दिक शुभकामना व्यक्त गरेका छन।
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले साउदी अरबको ९१औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस भन्ने भाव व्यक्त गर्दै निरन्तर रूपमा साउदी अरब र नेपाल देश बिचको मित्रता अझै प्रगाढ़ हुदै जाओस भन्ने भाव व्यक्त गरे ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले साउदी अरबको ९१औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै लाखौ नेपाली जनता लाई साउदी सरकारले दिएको रोजगारीको सरहना गर्दै शिक्षा क्षेत्रमा समेत नेपालका विद्यार्थी पढ्ने अवसर पाएकोमा साउदी सरकार र त्यहाँको जनता प्रति हार्दिक आभार व्यक्त गर्दै नेपाली जनताको सुख दुःख मा समेत साउदी सरकारको निरन्तर साथ र सहयोग रहोस साथै साउदी अरब सरकारको भिजन २०३० को प्रसंशा गर्दै सफल र सुखद रहोस भन्ने आशा व्यक्त गरे ।
राष्ट्रीय मदरसा संघ नेपालका संस्थापक समिम अहमद नदवी ले साउदी अरबको ९१औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकारले नेपाल लाई कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा गरेको सहयोगको सरहना गरे । राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी, सदस्य सहाबुद्दीन खान, सदस्य नियाज़ अहमद, सल्लाहकार जाहिर आजाद झण्डानगरी लगायतले साउदी अरबको ९१ औ नेशनल डे को उपलक्ष्यमा साउदी सरकार र त्यहाँ बस्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरे ।






















