देश

प्रतिनिधि सभा बैठक २ बजे बस्दै, यस्ता छन् कार्यसूची

जगत ठाडा मगर
२०७८ अशोज ७ | बिहान ०८:०६ बजे

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ।

photo 2021 09 22 18 40 40

कमेन्टहरु