राजनीति

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबिच बैठक जारी

नवलपुर टुडे
२०७८ अशोज ६ | मध्यान्ह ०७:०६ बजे

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

साँझ साढे पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले जनाएको छ । गत असार २९ मा प्रधानमन्त्री नियुक्त देउवाले ६ जना मन्त्रिको साथमा सरकार चलाइरहेको छ । बाकी अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।

कमेन्टहरु