राजनीति

नवलपुरमा काङ्ग्रेस महाधिवेशन : कावासोतीमा ढकाल नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा

नवलपुर टुडे
२०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

कावासोती । नेपाली काङ्ग्रेसको असोज ९ गते सम्पन्न हुने नगर अधिवेशनका लागी शालिकराम ढकालको नेतृत्वमा पदाधिकारी सहितको प्यानल घोषणा गरेको छ ।

बुधबार नवलपुरको कावासोतीस्थित होटल दियालोमा कार्यक्रमको आयोजना गरि पदाधिकारी सहितको प्यानल घोषणा गरिएको हो । शालिकराम ढकालको नेतृत्वमा घोषणा गरिएको प्यानलमा उपसभापतिमा गोमाया खण्डलुक र धन बहादुर(डि.बि) चौधरी, सचिवमा विनोद राना मगर र झविन्द्र प्रसाद काफ्ले, सहसचिव भोजराज भुर्तेल (किरण) र गोविन्दमान श्रेष्ठ रहेका छ्न ।

उम्मेदवारी घोषणा कार्यक्रममा काङ्ग्रेसका जिल्ला स्तरका नेताहरु, विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिहरुको ठिलो उपस्थिति रहेको थियो ।

कमेन्टहरु