देश

सप्तरीको भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

नवलपुर टुडे
२०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

सप्तरी । दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् ।

मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए ।

साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतो लगायतले सम्बोधन गरेका थिए ।

कमेन्टहरु