देश

सभापतिमा उम्मेदवारी दिने इच्छा छैन : विजयकुमार गच्छदार

नवलपुर टुडे
२०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आउँदो १४औं महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् ।

बुधबार ललिता निवास जग्गा प्रकरणबारे प्रस्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा गच्छदारले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने बताएका छन् । उनले भने, ‘लोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको हुँ । म नेपाली काँग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।’

आफू नेपाली काँग्रेसकै पक्षमा उभिएको बताउँदै उनले भने, ‘म नेपाली काँग्रेसको सभापतिमा प्रतिस्पर्धा छैन । म सभापतिको उम्मेदवार होइन । सभापतिमा प्रतिस्पर्धा गर्दिन । महाधिवेशन सबैका लागि हाे । मेराे लागि पनि हाे ।’ काँग्रेसकाे १४ औँ महाधिवेशन लोकतान्त्रिक विधि पद्धतिमा सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।

त्यसका लागि नेताहरुलाई आफूलाई आग्रह गरेकाे उनले बताए । कुन पदमा उमेद्वारी दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले समय आएपछि निर्णय लिने जवाफ दिएका छन् ।

कमेन्टहरु