राजनीति

कांग्रेसका कार्यकर्ताले आफ्नै गाउँपालिकाकी उप–प्रमुखलाई पनि वडामै हराएर, बदला लिए

नवलपुर टुडे
२०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी पौडेल पराजित भएकी छिन् ।

सुनकोशी गाउँपालिकाकी उप–प्रमुख पौडेल नराम्रोसँग पराजीत भएकी हुन् । कांग्रेस र जनताका लागि राम्रो काम नगरेको आरोप खेप्दै आएकी पौडेललाई कांग्रेसका क्रियाशील सदस्यहरूले हराएर बदला लिएका छन् ।

कांग्रेसका क्रियाशील सदस्यहरूले उप–प्रमुख पौडेलले राम्रो काम गर्न नसकेपछि वडा अधिवशनमा हराएर बदला लिएका हुन् । सिन्धुपाल्चोक जिल्लामा नाम चलेका हस्तीहरू वडामै पानी पनि खान नपाइ पराजित भएका छन् ।

पार्टीको संगठन निर्माणमा राम्रो काम गरेकाहरू निर्वाचित भएका छन् । गफ लगाएर जनताको काम नगर्ने कांग्रेसका नेताहरू पराजित भएका छन् ।

कमेन्टहरु