सेती अस्पतालमा थप १९ जनामा देखियो कोरोना

जगत ठाडा मगर
२०७८ अशोज ६ | मध्यान्ह ०२:०६ बजे

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा अस्पतालमा ९३ जनाको नमूनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।
उनका अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेकोछ। जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ।






















